बाँके र बर्दियाबाट पाँच हजार खसीबोका काठमाडौं आउँदै

ललितपुर। बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका […]

स्वदेश फर्किए पछि सामुहिक फुलखेती

दमौली । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गर्नुभएको छ । पहिलो चरणमा […]

कालिज पालन गर्ने कि ? भिडियो सहित

युरोपलगायत अन्य देशमा कालिजलाई वैधानिक किसिमले व्यावसायिक रुपले पाल्न दिएको उदाहरणबाट सिकेर नेपालमा पनि यसलाई वैधानिक किसिमले पाल्न सरकारले नियम सरल बनाएको छ । जसले गर्दा नेपालको अधिकांश स्थानमा कालिजको व्यवसायीक पालन शुरु भएको छ । कालिज १८ हप्तामा अर्थात् छ महिनामा खानलायक मानिन्छ । कालिजलाई जैको बाला उपयोगी आहारा मानिन्छ । योबाहेक हरियो घाँस, जौ, मकै, गहुँ […]

प्रदेश १ का किसानलाई अनुदान लिने अवशर

ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत ५० देखि ७५ प्रतिशत अनुदानमा विभिन्न कृषि तथा पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ । संचालन हुने कार्यक्रमहरु : १. व्यवसायकि बंगर फर्महरुलार्य गोठखोर निर्माण जैविक सुरक्ष तथा सुद्वढिकरण सुधारमा अनुदान २. मासु पसल सुधारमा अनुदान […]

चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर। “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा हुन लागेको मेलामा एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण यन्त्रहरु तथा सेवाहरुको वारेमा जानकारी लिन सकिने आयोजकको बताएका छन् । प्रदर्शनीमा २० भन्दा बढी राष्ट्रको […]

पाडापाडी हुर्काउने देखि कृषि पर्यटन प्रवर्धन सम्मलाई अनुदान

ललितपुर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले प्रदेश नं. ३ का १३ वटै जिल्लमा कृषि तथा मत्स्य विकास कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानको कार्यक्रम संचालन गर्न लागिएको निर्देशनालयले जनाएको छ । यसका लागि कृषक, कृषि सहकारी, कृषि समुहले सूचना प्रकाहित भएको ३० दिन भित्र सम्पर्क […]

खसीबोका बिक्री गर्दै सहकारी

कावासोती। दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् । बुटवल, चितवन, पोखरा, काठमाडौंलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही […]

कृषि यन्त्र खरिद गर्ने सोचमा हुनुहुन्छ ? अनुदान लिएर खरिद गर्नुहोस है

ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ हेटौंडा अन्र्तगतको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र उपकरण खरिदमा अनुदान प्रदान गर्ने भएको छ । कृषि यान्त्रीकरणमा अनुदान कार्यक्रम अन्र्तगत साझेदारको लागि कृषक समुह, कृषि सहकारी, निजी फर्म, कृषि उद्यमीले सूचना प्रकाशित भएको ३० दिन भित्र […]

सबै भन्दा ठूलो कृषि अनुदानको कार्यक्रम सार्वजनिक, सबै क्षेत्रका किसान समावेश गरिने

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाको आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुशार निर्देशनालयले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले कृषि विकास निर्देशनालय वा सम्बन्धित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ । थप जानकारीका लागि फोन नं  : ०५७ -५२०४६६ , ०५७ – ५२११०४  

बिद्यालय बचाउदै स्याउ बगैंचा

सुर्खेत ।“मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भन्नुभयो । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उहाँ एक मात्र शिक्षक र […]