हात्तीद्वारा दर्जनौँ बिघाको धानबाली नष्ट
राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगका दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली हात्तीको समूहले जिल्लाको भारदह र पोर्ताहा गाविसमा किसानले दर्जनौँ विधामा लगाएको धानबाली नष्ट गरेको स्थानीय भारदह–१ का राजु शर्माले जानकारी दिनुभयो । आरक्षबाट समूहमा बुधबार मध्यराति आएका हात्तीले पोर्ताहा–३ का कबितलाल पघैया […]





