समाचार

कृषिकर्जा ५ प्रतिशत ब्याजमा

काठमाडौं।  सरकारले कृषि उद्यम गर्ने किसानको लागि सहज ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले यसै आर्थिक वर्ष जारी गरेको कृषि कर्जा ब्याज अनुदानसम्बन्धी कार्य्विधिले बैंक तथा वित्तीय संस्थालाई कृषि कर्जा प्रवाह गर्दा ५ प्रतिशतभन्दा बढी ब्याज लगाउन नपाउने व्यवस्था गरेको छ । सरकारले पाँच प्रतिशतभन्दा बढीको ब्याज तिरिदिने भएकाले कृषकले ५ प्रतिशतमै रकम […]

प्याजको मूल्य आकासियो, अझै बढ्न सक्ने संकेत

काठमाडौं। नेपाली भान्सामा दैनिक उपभोग गरिने प्याजको मूल्य आकाशिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ। गत साता लागू भएको यो […]

धान उत्पादनमा ब्रेक थ्रु, ५५ लाख मेट्रिक टन धान फल्यो

काठमाडौ । यस वर्ष करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने भएको छ । बाढी पहिरोका कारण धान खेत नराम्ररी प्रभावित भएपनि यस वर्ष धान उत्पादन उल्लेख्य रुपमा बढ्ने भएको हो । कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको तथ्यांकअनुसार गत वर्ष भन्दा यस वर्ष तीन लाख मेट्रिक टन बढी धान उत्पादन हुने भएको हो । […]

नेपालमा खुल्ने भयो विश्वकै ठूलो भैंसी अनुसन्धान केन्द्र

चितवन। भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यसअन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर […]

के किसानले बेच्ने तरकारीको मुल्य सार्वजनिक होला त ?

काठमाडौं।  तरकारीको मूल्य पारदर्शी बनाउन किसानबाट खरिद हुने मूल्य दैनिक सार्वजनिक गर्नुपर्ने व्यवसायीले माग गरेका छन्।किसानबाट खरिद हुने मूल्य सार्वजनिक नहुँदा तीनचार तहमा बिचौलियाले आफूखुसी मूल्य बढाउने भएका कारण किसानले सही भाउ नपाउने र उपभोक्ताले पनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएको भन्दै व्यवसायीले यस्तो माग गरेका हुन्। कालिमाटी बजारमा दैनिक भित्रिने तरकारीको किसानको बिक्री मूल्य […]

इजरायलको उत्कृष्ट खेती प्रणाली, नेपालले किन नसिक्ने ?

मध्यपूर्वमा रहेको सानो देश इजरायलको जनसंख्या ८५ लाख ४७ हजार मात्रै छ। चारैतिर दुश्मन राष्ट्रहरूले घेरिएको र पटक- पटक लडाई भइरहने र छिमेकी देशहरु इजरायलको अस्तित्व नै मेट्न लागिपरेका छन्।तर इजरायलले आफूलाई दुश्मन राष्ट्रहरुबाट जोगाउँदै उल्टो उनीहरुलाई चुनौती आफूलाई हरेक क्षेत्रमा बलियो,सशक्त र सक्षम बनाउँदै लगिरहेको छ। सानो देश भएपनी आज विश्वमा इजरायलको नाम नसुन्ने […]

कुनै पार्टीको एजेन्डाले हामी किसानलाई प्रभाव पार्दैन्, हाम्रो पक्षमा काम गर्नेलाई भोट

काठमाडौं। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् । उम्मेदवारहरुले संविधान कार्यान्वयन, विकास निर्माण र राष्ट्र समृद्धिको एजेन्डा लिएर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । तर, सर्वसाधारण र किसानलाई उम्मेदवारहरुको एजेन्डाले छुन सकेको छैन । खेतबारीमा काम गरिरहेका किसानलाई खेतबारीकै चिन्ता छ । उनीहरुलाई उम्मेदवारका संविधान कार्यान्वयन र […]

यस्तो छ दुई रुपैयाँ नपाउने बिमलाको मासिक ५० हजार कमाइ हुने कथा

“घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।” एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण […]

तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

बारा । चाल आर्थिक वर्ष २०७४÷७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ । […]

तरकारी बजार बिचौलियाको कब्जामा,तरकारीको मूल्य बढाउन कालिमाटी तरकारी बजारकै मिलेमतो

काठमाडौं । बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष सरकारी अध्ययनले निकालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार गरेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले किसानले उत्पादन गरेको तरकारी बिचौलियाले एक सय २२ प्रतिशतसम्म नाफा खाएर उपभोक्तालाई बेच्ने गरेको देखाएको हो । तरकारीको मूल्य ह्वात्तै बढेपछि विभागले गत २८ कात्तिकदेखि ४ मंसिरसम्म […]