पाँचथर। पाँचथरको फालेलुङमा अलैंची कृषकलाई लक्षित गरेर चार दिने बाली उपचार तथा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ ।शिविरबाट ४ सय ५८ जना कृषक लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ ।

परियोजना र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको संयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा अलैंचीमा लाग्ने गानो कुहिने, छिर्के, फुर्के, ढुसी रोग लाग्दा गरिने उपचार विधि र अलैंचीलाई विभिन्न रोग किराबाट बचाउन बिषादी समेत वितरण गरिएको थियो ।