
च्याउ खेती पछिल्लो समयमा गएर व्यवसायिक बन्दै गएको छ । जति–जति यो खेती व्यवसायिक बन्दै गएको छ, यसमा प्रयोग हुने क्रियाकलापमा पनि यान्त्रिकरणको प्रयोग बढी रहेको छ । पछिल्लो समयमा कन्ये च्याउ खेती गर्दा आवश्यक बफ्याएको पराललाई मेशिनद्धारा प्लाष्टिकमा राखेर डल्लो पार्ने मेशिनको निर्माण नेपालमै भएको छ ।
काभे्र बनेपामा रहेको गुरु श्री एग्रिकल्चर मेशिनरी प्रा.ली.ले प्लाष्टिकमा पराल रााखेर डल्लो बनाउने मेशिनको निर्माण गरेको छ । गुरु श्री एग्रिकल्चर मेशिनरी प्रा.लीको मुख्य उदेश्य कृषि क्षेत्रमा आवश्यक पर्ने कम खर्चिलो र धेरै काम गर्न सक्ने मेशिनरी यन्त्र तथा उपकरणको आविष्कार, अनुसन्धान र निर्माण गर्ने भएकाले यो प्रविधिको निर्माण गरेको हो ।
च्याउको डल्लो मानिसले बनाउदा गाह«ो भैइरहेको बेला यो मेशिन आम किसानका लागी बरदान सावित भएको छ । यो मेशिन बाहिरी मुलुकमा भित्रिए पनि नेपाली किसान मैत्री मेशिन भने यो पहिलो मेशिन हो ।
२०६९ साल देखी अनवरत खोज र अनुसन्धान पछि लामो समय र संघर्ष प्रश्चात यो च्याउ बलर मेशिन तयार भएको कम्पनीले जनाएको छ । यो मेशिन २ हर्ज पावरको मोटरबाट चल्दछ ।
पराल राख्ने प्वाल देखि परालका डल्ला निकाल्ने ब्यारेलसम्म स्टील प्रयोग गरिएको छ । बिउ राख्ने बट्टा र खस्ने ठाउँहरु पुरै स्टिलले बनेको छ । यो मेशिन चल्दा ध्वनि प्रदुषण हुदैन र खतराबाट पनि न्युनिकरण गरिएको छ । यो मेशिनले ३५ सेन्टिमिटर भन्दा माथि आवश्यकता अनुसारको समय लगाई परालको डल्ला निकाल्न सक्दछ । मेशिन चलाएर पोका निकाल्दा ३ जना जनशक्तिको आवश्यकता पर्दछ । यो मेशिनमा पोका तयार हुने बित्तिकै अटोमेटिक रोकिन्छ ।
मेशिन चलाउने तरीका :
जनशक्ति ३ जना
एक जनाले स्टिम गरेको पराल प्वालमा आवश्यकता अनुसार खनाई रहने तर पराल तातो हुनुहुदैन ।
दोस्रोले मेशिन अपरेटरको काम गनुपर्दछ । उसले तयारी अवस्थामा रहेको मेशिनको गियरलाई थिच्नु पर्दछ ।
मेशिन चल्न शुरु गर्दछ त्यो अवस्थामा पराल ठिक तरीकाले झरेको छ छैन अपरेटरले हेरिरहनु पर्दछ ।
यदि पराल अट्किएर एकैचोटी धेरै झर्दा पिस्टनले ठेल्न सक्दैन । त्यस बखत माथिको पराल हातले रोकि बिस्तारै गियर अन अफ गदै तलको पराल झानु पर्दछ । जब तलको भाँडो खाली हुन्छ त्यस पछि माथिबाट पराल खसाल्नु पर्दछ ।
यसरी मेशिन चल्दै गर्दा पोका पुर्ण भई मेशिन आफै बन्द हुन्छ । त्यसपछि पोका निकालेर अर्को प्लाष्टिक थैला छिराएर पुन गियर थिच्न पर्दछ ।
शुरुमा दुई वटा पोका बिउ नराखी निकाल्नु पर्दछ ।
त्यसपछिको तेस्रो पोका बनाउन भन्दा अगाडी १५ ग्राम बिउ बेरेलमा खसालि दिनुपर्दछ ।
यसरी हरेक पोका निकालि सकेपछि १५ ग्राम बिउ खसाल्नु पर्दछ ।
बिउ राख्ने तरीका :
मेशिनको अग्रिम भागमा बिउ राख्ने बट्टा हुन्छ । उक्त बट्टामा भरि पारेर बिउ राखिदिने र सकिनु भन्दा अगाडी फेरी त्यतिनै मात्रामा बिउ राखिदिनु पर्दछ ।
ब्यारेलमा प्लाष्टिक राख्ने तरीका :
यो मेशिनको लागी आवश्यक थैलाको साइज १६÷२६ को हुनुपर्दछ । त्यो भन्दा सानो साइजको हुनु हुदैन ।
प्लाष्टिकलाई दुई हातले समातेर ब्यारेलको एक छेउबाट छिराउनु पर्दछ ।
त्यस पछि ब्यारेलको मुख बन्द गरी ब्रेकरलाई तल झार्नुपर्छ ।
त्यसपछि मात्र गियर चलाउनु पर्दछ ।
तयारी बललाई बाध्ने तरीका :
बल तयार भएर निकालि सकेपछि बलको मुखमा १५ ग्राम जति बिउ वरिपरी र माझमा पर्ने गरी हालेर मुख बन्द गनुपर्दछ ।
यो मेशिन चलाउनु अगाडी निम्न कुरामा ध्यान दिनुपर्दछ ।
मेशिनको अवस्था चेकजाँच गनुपर्दछ ।
मेशिन चलाउनु अगाडी अनिवार्य मोबिल ग्रीज हाल्नु पर्दछ । मोबिल राख्दा १÷२ थोपा राख्नु पर्दछ ।
चेनमा मोबिल र ग्रीज मिसाई हाल्नु पर्दछ ।
बेरिङ्गमा हप्ताको एक पटक राम्रो ग्रीज पसाउने
मेशिनको सफा र शुद्घीकरण :
सफा पानीले मेशिनले ढ्वाङ्ग,बिउ राख्ने बट्टा ,सोली लगाएतका सामान सफा गनुपर्दछ ।
त्यसपछि अर्गा्निक किटनासक औषधी पानीले सफा गरिसकेपछि मात्र पोका बनाउनु पर्दछ ।
मेशिन चलाउनु अगाडी लाइन चेक गनुपर्दछ ।