काठमाडौं । माघमा महिनामा पनि किसान धान रोप्न व्यस्त देखिएका छन् । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनीमा माघ महिना पनि किसान जाडो नमानि खेतमा धान रोप्न ब्यस्त रहने गरेका हुन् ।
माघ महिनामा रोपेको धान वैशाख अन्तिममा काट्ने गरेका छन् । जेठ देखी फेरी अर्को धान रोपाई सरु गर्ने गरेको स्थानीय किसान नारायण प्रसाद केवरत बताउनु हुन्छ ।
उहाँले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आउनुभएको छ । केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गर्नु भएको छ । खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ ।
एकातिर बढ्दो वैदेशिक रोजगारीका कारण खेतबारीमा काम गर्ने युवा मजदूर पाउन गह्रो हुने गरेकाले खेती गर्न समस्या हुने गरेको केवरत बताउनुहुन्छ भने अर्को तिर धान रोपिसकेपछि धानबालीमा हाल्ने मल साथै औषधि सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ ।
अहिलेको धानखेतीको लागि मोटरबाट पानी हाल्नुपर्ने हुनाले सिचाईको लागि विद्यत आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या हुने गरेको केवरत बभनाई छ ।