कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अपील
झापा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले कृषिमा आधुनिक प्रविधि, सीप र दक्षता भित्र्याएर आर्थिक विकासमा योगदान दिन सुपर जोनले विशेष भूमिका खेल्ने बताए ।कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो […]