समाचार

साल्टको एकाधिकर तोड्दै खाध्यले चिनी बेच्ने

काठमाडौं। गहुँ, चामल र कर्णालीको गेडागुडी बिक्री गर्दै आएको खाद्य संस्थानले अब चिनी पनि बेच्ने भएको छ । व्यवसायीले चिनीको मूल्य मनोमानी रूपमा निर्धारण गरेपछि बजार हस्तक्षेप गर्न संस्थानले चिनी आयात गरी बिक्री गर्न खोजेको हो । संस्थानका बिक्रीवितरण महाशाखा प्रमुख एवम् प्रवक्ता शंकर सापकोटाले दसैंमा एक लाख क्विन्टल (१० हजार टन) चिनी बिक्री गर्ने […]

प्रांगारिक मल ‘खरिद’ मा कृषि मन्त्रीदेखि सचिवको ‘सेटिङ’

काठमाडौं । मोटो रकम कमिसनमा सेटिङ मिलाएर कृषि विकास मन्त्रालयले ठूलो परिमाणमा प्रांगारिक मल खरिद गर्न लागेको छ। काम चलाउ भइसकेका तत्कालीन कृषि विकास मन्त्री गौरीशंकर चौधरीको दबाबमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २५ करोड रुपैयाँको प्रांगारिक मल खरिद गर्न लागिएको हो। मल खरिद गर्ने निर्णय गरेर मन्त्री चौधरी बाहिरिएका थिए। उक्त परियोजनाबाट किसानलाई अनुदानमा रासायनिक मल […]

अनुदान पाएपछि पेसामा फर्किए माछापालक किसान

नुवाकोट। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् । जापानी रेन्बो ट्राउट माछापालनमा उत्कृष्ट रहेको नुवाकोटमा यस वर्षदेखि कार्यान्वयमा आएको परियोजनाले मदानपुर, ककनी, ओखरपौवासहित आसपासको क्षेत्रलाई ब्लक छनोट गरेर अनुदान सहयोग उपलब्ध गराएपछि सम्बद्ध किसान पोखरी निर्माणमा जुटेका हुन्। विसं २०५५देखि […]

बजारमा नक्कली अण्डाको बिगबिगी, यसरी चिन्नुहोस् कुन सक्कली कुन नक्कली

काठमाडौं । पछिल्लो समय बजारमा नक्कली सामानको बिगबिगी बढेको छ । उपभोक्ताहरुलाई उक्त नक्कली सामानले हैरान बनाएको छ । बजारमा दुरुस्त पाइने सामानहरु किन्दा उपभोक्ताहरु झुक्किने गरेका छन् । पछिल्लो समय बजारमा आएको अण्डाले त झनै ग्राहकहरुको टाउको नै दुख्ने गरेको छ । चीन तथा भारतमा यस्तो खालको अण्डा भित्रिएको समाचारहरुमा उल्लेख भएका छन् । […]

किसानको बेवास्ताले अनुदान फिर्ता हुने

म्याग्दी। किसानले चासो नदेखाएपछि भूकम्प प्रभावित कृषकका लागि आएको अनुदान रकम अझैसम्म खर्च हुन सकेको छैन । जिल्ला पशुसेवा कार्यालयले पटक पटक सूचना जारी गर्दासमेत किसान सम्पर्कमा नआएपछि बजेट फिर्ता हुन लागेको हो । कार्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषबाट चालु आव २०७३÷७४ मा भूकम्प प्रभावित किसानलाई वितरण गर्न रु ६१ लाख ८९ हजार प्राप्त भएको […]

कस्तो छ त पोल्ट्री व्यवसाय ?

काठमाडौँ। नेपालमा १ सय ७ वटा ह्याचरी संचालनमा रहेको र बार्षिक झण्डै ५ करोड ७ लाख ब्रोईलर चल्ला र ५८ लाख लेयर्स चल्ला उत्पादन हुने गरेको पशु उत्पादन निर्देशनालयले जनाएको छ । देशमा स्थापना भएका १ सय ८ वटा फिडमिलबाट बार्षिक ६ लाख ४६ हजार मेट्रिक टन कुखुराको दाना तयारभै बिक्रिवितरण हुनेगरेको निर्देशनालयका प्रमुख डाक्टर दिनेश […]

अब माटोबिनै तरकारी-फलफूल फलाउन सकिने

काठमाडौँ। अब माटोबिना ट्रेमा पानी हालेर घाँस, फलफूल र तरकारी उमार्न सकिने भएको छ । विज्ञहरुले यो प्रविधि हाइड्रोपोनिक्सलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । हाइड्रोपोनिक्स नेपालले शनिबार गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्र कार्कीले जापान र कोरिया भ्रमणमा गएकाबेला यो प्रविधिबाट तरकारी, फलफूल र घाँस उमारिएको पाएपछि आफूले नेपालमा पनि […]

सुन्तलाखेतीमा नयाँ प्रविधि आएपछि किसान उत्साहित

म्याग्दी । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ । बास्कुनाका तिलक गुरुङ र राखुका […]

प्रतिबन्ध लगाएको भारतीय अण्डा नेपाल भित्रंदै,बर्डफ्लुको जोखिम

वीरगन्ज। वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, […]

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

काठमाडौं। बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ । बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए। पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिने […]