समाचार

पुस महिनामा बन्द हुदै छ जिल्ला कृषि कार्यालय

काठमाडौं । जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको  छ । यसअघि नै जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु बन्द भइसकेका छन् । कृषि कार्यालयहरु ७५ वटै जिल्लामा रहेका छन् । साथै मातहत ४,६,४ को रेसियोमा जिल्ला कार्यालय सेवा केन्द्रहरु छन् । तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरमा  रहेका […]

मोबाइलको एप्सबाट सिँचाइ !

म्याग्दी। म्याग्दीमा पहिलोपटक एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । स्थानीय कृष्णबहादुर खत्रीले एप्सबाट खोलापारीको सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएका छन् । उनले माेबाइलबाटै दुई सय ५० मिटर माथि बेनी नगरपालिका–२ खवरामा पानी आपूर्ति गरेका थिए । मोबाइलको एप्सबाट सिँचाइका लागि इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच अन गरेको पाँच सेकेन्डमै पानीको आपूर्ति […]

मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता !

काठमाडौं। सरकारले बिरामीहरुलाई जीविकोपार्जनका लागि प्रति महिना पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी) को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता उपलब्ध गराउन लागिएको हो । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक […]

मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए । त्यहाँको जनजीवन र जीवनशैली पनि देखे तर उनलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पार्यो । […]

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो, शून्य डिग्रीसम्म पुग्ने

काठमाडौँ ।  तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई […]

सुन्तला जोन कार्यक्रम शुरु

नवलपरासी। नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ ।कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो । कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका […]

टनेलप्रति किसानको आकर्षण बढ्दै

दार्चुला। पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् । खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् । उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक […]

नेपालमा पनि सफल भो माटोबिना खेती गर्ने प्रविधि

पर्वत । पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ । एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गर्नुभएको हो । मोदी– ५ र कुश्मा– ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका हरिजनले गत असोजमा शुरु […]

प्याजको भाउ २७ प्रतिशतले घट्यो

काठमाडौं । एक हप्ताअघि प्रतिकेजी प्याजको औसत मूल्य एक सय २० रुपैयाँ थियो । मंगलबार प्याजको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी ८९ रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सह–सचिव काशीराज […]

जडिबुटीबाटै सम्भव छ घातक रोगको उपचार

ललितपुर।  काठमाडौंको कलंकी बस्दै आएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित भए । चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए । तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै उनको पिसाब थैलीमा झोला झुण्डाइदिए र अब निको नहुने […]