समाचार

योजना माग्दै प्रदेशका कृषि मन्त्री काठमाडौंमा

काठमाडौं । प्रदेश सरकारका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीहरूले संघीय सरकारसँग योजना मागेका छन्। संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग उनीहरूले कृषि क्षेत्रको विकासका लागि योजना मागेका हुन्। प्रदेश २ का कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले २ नम्बर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन माग गरे। संघीय सरकारको सहयोग […]

भारतीय पाउडर दूधका कारण नेपाली किसान मारमा

चितवन। दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध खरिद नगरेका कारण कृषकहरु समस्यामा परेका हुन् । भारतबाट आउने पाउडर दुधको प्रभावका कारण नेपाली दुधको विक्री कम हुँदै गएको कृषकहरुले बताएका छन् । निजी डेरी उद्योगले कृषकहरुको दुध संकलन हुने दुग्ध सहकारीबाट दुध […]

यातायातका सुबिधा नहुँदा बारीमै कुहियो तरकारी

अर्घाखाँची। अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने पाणिनी गाउँपालिका वडा नम्बर–३, फर्सवामा तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने उदेश्यले गरेको तरकारी बिक्री नभएर खेतमै कुहेपछि कृषकहरु चिन्तित बनेका छन् । फर्सवामा तरकारी खेती गरेका कृषकहरुले उत्पादन गरेको तरकारी बजार पुर्याउनका लागि उचित सडक र यातायातका साधन नहुँदा […]

उपत्यकामा संचालित अधिकांश मासुपसल मापदण्ड विपरित

काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांश बधशाला तथा मासुपसल दर्ताविना नै सञ्चालमा छन् । जिल्ला पशु सेवा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा वडा नम्बर–३ मा गरेको अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका बधशाला अव्यवस्थित रहेको पाइएको छ । उपत्यकामा दैनिक ६५ स्थानका खुला चौर र चोकमा झन्डै ६ सय राँगाभैँसी काटिने गरिएको तथ्यांक छ । तर, काटिनुअघि परीक्षण […]

उखुको भुक्तानी रोकेको विरोधमा आन्दोलन

महोत्तरी। उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ। गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो। उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको […]

बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्

चितवन। कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९, सुर्तनीका दुई फार्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलकाअनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, […]

अब कृषक समूहलाई रु ४१ लाख अनुदान

सैनामैना। सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभयो । साना सिंचाई योजनातर्फ रु दुई लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजना पकेट कार्यक्रमतर्फ रु २५ लाख, नयाँ पकेट क्षेत्रतर्फ रु १२ लाख, गाउँ […]

इनरुवामा भैंसी सुन्दरी प्रतियोगिता हुने

इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले जेठ महिनाको अन्त्यतिर भैंसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ । भैंसी सुन्दरी प्रतियोगिताको बिजेताले नगद एक लाख पाउने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगितामा दोस्रो हुने भैंसी सुन्दरीले ८० र तेस्रो स्थानको सुन्दरीले ७० हजार बराबरको पुरस्कार पाउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनु भयो । बिजेता भैंसी धनीलाई […]

बगरमा गरिएको खेतीबाटै मालामाल

भीमदत्तनगर।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएका छन् । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा […]

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा। काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको […]