समाचार

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

भवानीपट्ना। भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण […]

विदेशबाट फर्केर बङ्गुुरपालन

प्यूठान। युवाहरू रोजगारीका शिलशिलामा विदेश पलायन भइरेहका बेला दक्षिणी प्यूठानको सरुमारानी गाउँपालिका–४ साविकको ढुङ्गेढी–१ बडडाँडाका ३८ वर्षीय योगेश सारूले स्वदेशमै व्यावसायिक बङ्गुर पालन गरी आम्दानी गर्न सफल भएका छन् । बडडाँडा निवासी सारूले उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक मङ्गोलियन बङ्गुर फार्म स्थापना गरी व्यावसायिक रूपमा शुरू गरेका हुन् । करीब १ रोपनी क्षेत्रफलमा […]

सय रूपैयाँको काउली २० रुपैयाँमै !

चितवन। दशैं सुरु भएयता चितवनमा महंगिएको तरकारी दशैंलगत्तै घटेको छ । चितवनका फलफूल तथा तरकारी थोक व्यवसायी रामराज पाण्डेका अनुसार बजारमा सोह्र श्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो । सो बेला बजारमा कुनै पनि तरकारी प्रतिकिलो सय रुपैयाँ घटी पाउनै मुस्किल भएको थियो । तर अहिले बजारमा तरकारीको भाउमा भारी मात्रामा गिरावट आएको छ । […]

मकवानपुरमा फूलको व्यवसायिक उत्पादन

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन […]

१६ सय चल्लाबाट थालेको व्यवसायमा अहिले साढे ६ हजार कुखुरा

दमौली। तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले एक करोड दश लाख रुपैयाँको लगानीमा कुखुरापालन व्यवसाय गरेका छन्। विसं २०६९ देखि कुखुरापालन शुरु गरेका उनले हाल दुई वटा फार्ममा छ हजार ५०० वटा कुखुरा पालेका छन्। सो फार्मबाट हाल दैनिक एक हजार छ सय वटा अण्डा बिक्री हुन्छ । प्रारम्भिक चरणमा एक हजार छ सय […]

असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ। असिनापानीले स्याङ्जामा दुई करोड रुपैयाँ बढीको सुन्तला नष्ट भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो। “गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका […]

कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

म्याग्दी। कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु सेवा र तीन वटा कृषि सेवा केन्द्र बन्द भएका हुन् । सरुवा गरिएका प्राविधिक कर्मचारीको पदपूर्ति नहुँदा तीन वटा कृषि र चार वटा पशु सेवा केन्द्र कार्यालय सहयोगीले […]

धान उत्पादनमा रेकर्ड तोडिँदै

ललितपुर। गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ। गत आव ०७४/७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो। विगतमा सबैभन्दा धेरै आव ०७३/७४ […]

तिहारमा १७ लाख माला

ललितपुर। यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । अघिल्ला […]

अलैंची नबिक्दा किसान चिन्तित

रुकुम पश्चिम। मुसीकोट नगरपालिका–१०, का केशव रोकायले यस वर्षको अलैंची भित्र्याइसकेका छन्  । केही वर्षदेखि अलैंची खेती गर्दै आएका रोकायले अहिले तीन क्विन्टल बढी अलैंची उत्पादन गरेका छन्  । अलैंची बिक्रीका लागि तयार भए पनि बिक्री हुन सकेको छैन । मुसीकोट नगरपालिका–९, को कानिगैरी काकरसिङ सामुदायिक वनबाट झन्डै ४ क्विन्टल अलैंची उत्पादन भएको छ । रोकाय र […]