समाचार

३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको गरिदैं

पोखरा। गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग […]

अन्नपूर्ण सुगर मिल्सका संचालक अग्रवाल पक्राउ

काठमाडौं। नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । पीडितहरुले गृहमन्त्रालयमा व्यापारीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएपछि काठमाडौं परिसरले उनलाई पक्राउ गरेको हो । परिसरका एक अधिकारीका अनुसार पक्राउ परेका अग्रवाललाई सम्बन्धित जिल्लामा […]

दुग्ध विकास संस्थान (डीडीसी)द्धारा दूध उठाउन अटेर,दुई हजार किसान मारमा

नवलपरासी। दुग्ध विकास संस्थान (डीडीसी)ले दूध उत्पादनमा अधिक वृद्धि भई बजारमा खपत कम भएको कारण देखाउँदैै दूध नउठाएपछि नवलपरासीका दुग्ध किसान मारमा परेका छन् । डीडीसीले शनिबारदेखि नै दूध लिन छोडेपछि नवलपरासीमा रहेका ठूला डेरीले किसानका दूध खपत गर्न नसक्ने भन्दै मिल्क होलि डे को सूचना नै टाँस गरेर दूध लिन नसक्ने जनाएका छन् । […]

विषादी हालेर मौरी मारेपछि किसान त्रसित

दाङ। दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन […]

तरकारीका बेर्नाबाट कृषक लाभान्वित

काठमाडौँ। तरकारी बाली विकास केन्द्रले गत आर्थिक वर्षमा विभिन्न मौसमी तरकारीका २४ लाख बेर्ना कृषकलाई वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विभिन्न प्रकारका तरकारीका बीउ छ क्वीन्टल उत्पादन गरी सरकारी दरभाउमा कृषकलाई वितरण गरेको छ । वार्षिक करीब १० हजार कृषकलाई प्राविधिक सेवाका साथै बीउ बेर्ना तथा समेत उपलब्ध गराएको छ । […]

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

कास्की। कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै […]

बिहिबारदेखि १२ औं गोदावरी पुष्प महोत्सव

काठमाडौं । ललितपुरमा चार दिने गोदाबरी फूलको महोत्सव हुने भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०७५ कार्तिक १५ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदानमा आयोजना हुन लागेको छ । पुष्प व्यवसायको प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नजिकै आइरहेको तिहार […]

कृषि क्षेत्रको सम्भाव्यता खोज्न ५ सदस्यीय चिनियाँ टोली नुवाकोटमा

बेत्रावती। तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली नुवाकोट आएको छ। नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो। टोलीमा कृषि प्रविधि सहयोग परियोजना, नेपाल उत्तरी हिमाली क्षेत्र तिब्बत कृषि योजना प्रतिष्ठानका प्राध्यापक गेसाङ डुञ्चुसहित तरकारी, बाख्रा, ट्राउट माछा र […]

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म स्थापना गरिदैं

कास्की। किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भए बमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना गर्नेलाई […]

नेपालमै पहिलो पटक व्यवसायिक साइलेज उत्पादन सुरु

विरगंज। शिवम् न्युट्रिप्रो प्रा.लि. विरगंजले नेपालमै पहिलो पटक व्यवसायिक रुपमा साईलेजको उत्पादन शुरु गरेको छ । पश्चिमा मुलुकमा धेरै पहिलेदेखी नै प्रयोगमा आएको साइलेज नेपालमा भने कागज र कुरामा मात्र सिमित रहेको थियो । लामो प्रयासपछि कम्पनीले  उत्पादन उत्पादन सहित बजारमा वितरण सुरु गरेको छ । साइलेज भनेको एनएरोविक वातावरणमा उच्च कार्बोहाइड्रेट युक्त घाँसलाई करिव […]