समाचार

मकैका सात जात सूचीबाट हटाइए

ललितपुर। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो । अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु कोइरालाका अनुसार हालसम्म ३७ मकैका जात सिफारिस भएका छन् […]

कुखुराको मासुको मूल्यमा गिरावट

काठमाडौं। ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० […]

अनुदानमा गहुँको बीउ दिइने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको […]

मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ उत्पादन

मुस्ताङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताका अनुसार यस वर्ष ४५० हेक्टर जमिनमा लगाइएको १ लाख ३५ हजार स्याउका बोटबाट ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो । गत वर्ष ४१५ हेक्टर जमिनमा लगाइएका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५ हजार ३ सय […]

सुरु भयो १२ औ गोदावरी फूलको प्रदर्शनी

ललितपुर। गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना भईरहेको १२ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७५ चार दिन सम्म सञ्चालन हुने मेला संयोजक मीन बहादुर तामाङ्गले जानकारि दिए । पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय […]

केराको थामबाट आम्दानी

बर्दिवास। मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर÷घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले त्यस अवसरमा केराको थाम बेच्ने गरेका छन् । कोथा छाँट्न किसान तिहार पर्खने गरेका छन् । “अन्यबेला केरा गोडमेलका लागि कोथा छाँट्दा छाँटिएका कोथा मिल्काउनसँगै त्यसमा लाग्ने श्रम […]

सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

उदयपुर। ग्रामीण भेगका जनताको आधुनिक कृषि क्षेत्रबाट दिगो आर्थिक विकास गर्दै स्वरोजगार र आम्दानी बढाउनका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौताक्षेत्रका विभिन्न वडालाई सुन्तला र तेजपात उत्पादन पाकेट क्षेत्रको रुपमा विकास गरिने अभियान शुरु भएको छ । रौता वडा नं –२ आँपटार, र पोखरेमा मात्र व्यावसायिक सुन्तलाखेती र रौता– १ को मुर्कुची तथा– ४ वडाको […]

कृषि उपजलाई कतारमा पहुँच दिन माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर–थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने […]

जनप्रतिनिधिलाई अनिवार्य अल्लोको कोट

रोल्पा। केही वर्षअघिसम्म स्थानीय मेला महोत्सव र कोसेली घरहरुमा मात्र थोरै बिक्रि हुने रोल्पामा उत्पादित अल्लो कपडाको माग अहिले ह्वात्तै बढेको छ । स्थानीय सरकारसँगै प्रदेश सरकारले पनि अल्लोबाट बनेको कोटलाई प्राथमिकता दिएपछि अहिले अल्लो उद्यमीहरुलाई कपडा उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । रोल्पा नगरपालिकाले गएको वर्ष सबै नगर कार्यपालिकाका सदस्यहरुलाई अनिवार्य रुपमा अल्लोबाट बनेको […]

मुक्तकमैया र हलियालाई यसै वर्ष पुनःस्थापना गरिने

काठमाडौँ। सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन । चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र हलियालाई पुनःस्थापना गर्ने गरी […]