समाचार

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

ललितपुर। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ । तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको […]

सय वर्षमा पनि कुलो निर्माण अधुरै

जुम्ला। सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर निर्माण भएको पाइएको हो । विसं १९६० मा निर्माण […]

केरा खेतीबाट मनग्ये आम्दानी गर्दै धादिङ–गजुरीका किसान

गजुरी। धादिङ गजुरीका किसान केरा खेतीबाट मनग्ये आम्दानी गर्छन् । दुई सय किसान केरा खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् । परम्परागत अन्नबालीभन्दा केराखेतीमा फाइदा देखेका गजुरी आसपासका किसानले दुई सय रोपनी जग्गालाई राम्रैसँग उपयोग गरेका छन् । दृश्य, पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा झुण्ड्याइएको केराका घरीका हुन् । राजमार्ग छेवैमा बेच्न राखिएको पहेंला र हरिया केराले […]

गोरखामा किसान बजार सञ्चालनमा आएपछि कृषक खुशी

गोरखा। किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् । जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा […]

मानेभञ्ज्याङ गाउँपालिकाका गर्भवती महिलालाई अण्डा उपहार !

ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा गर्भवती महिलालाई अण्डा उपहार दिन थालिएको छ । गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवती महिलालाई अण्डा उपहार दिने गरिएको हो । हाल उक्त गाउँपालिकाको वडा नं.५ मा यो कार्यक्रम चलिरहेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन मानेभञ्ज्याङ […]

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको थियो । ‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा […]

पूर्वमा माछाको उत्पादन उत्साहजनक

झापा। केही वर्षअघिसम्म पूर्वका बजारमा खपत हुने माछा भारत र तेस्रो देशको भरमा थियो । तर, पछिल्लो समय नेपालमा नै माछाको व्यवसायिक उत्पादन हुन थालेपछि पूर्वका नाकाबाट हुने माछा आयात क्रमशः ओरालो लागेको छ । सरकारले व्यवसायिक माछा पालनका लागि रकम अनुदान दिन थालेपछि व्यवसायिक माछा पालनतर्फ किसानको आर्कषण बढेसँगै पूर्वको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र […]

यो तिहारलाई स्वदेशकै फूल

ललितपुर। फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ। तिहारमा अत्यधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यावसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्षजस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो। यद्यपि ग्रीमिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाइका कारण केही मात्रामा भने आयात […]

धानमा थ्रेसर लगाउँदा वातावरण प्रदूषित

बुटवल। रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ । धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका स्थानमा कृषकले काटेको […]

भारतीय च्याउले नेपाली किसान मारमा

बुटवल। नेपाली च्याउ उत्पादक किसानले भारतीय च्याउको आयातले मारमा परेको गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैधरुपमा आयात भैरहेको च्याउ रोकिनुपर्ने माग राखेका हुन् । ढुसीजन्य बस्तु आयात गर्दा क्वारेन्टाइनमा ल्याव परीक्षण गर्नुको सट्टा ५ देखि १० मिनेट भित्रमा नै च्याउ क्वारेन्टाइन गरी भित्रिदा नेपालमा रोेग पनि भित्रिने उनीहरुको दाबी छ । बुटवलमा शुक्रबार पत्रकार […]