समाचार

मेहनतको फल, काक्रो बिक्रीबाट दैनिक २० हजार

पोखरा। पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन्। एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी गर्दै आएका हुन्। टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन […]

कुखुराको मूल्य समायोजन कहिले ?

भरतपुर। कुखुराको अण्डा र मासुको मूल्य समयानुकूल समायोजन नभएको भन्दै कुखुरापालक किसानले आफूहरू मारमा परेको बताएका छन् । भारतबाट आउने कच्चा पदार्थमा भन्सारदर बढी हुँदा कुखुराजन्य वस्तु उत्पादनको लागत बढेको तर कुखुरा र अण्डाको मूल्य त्यसअनुरूप समायोजन नहुँदा आफूहरू मारमा परेको उनीहरूको दाबी छ । दानाको मूल्य दिन प्रतिदिन बढ्दो छ तर अण्डा लागत मूल्यभन्दा […]

तरकारी संकलन केन्द्र भैंसी राख्ने ठाउँ

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठास्थित तरकारी संकलन केन्द्र उपयोगविहीन रहेको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको पहलमा भवन निर्माण गरिएको हो । केन्द्र निर्माणका लागि स्थानीय मंगल सिंहले १० कठ्ठा जमीन दिएका थिए । केन्द्रका लागि दुईटा भवन र एउटा तरकारी राख्ने टहरा बनाइएको थियो । करीब १ करोडको लागतमा भवन बनेको थियो । अहिले भवन […]

कसले भन्यो मौरीपालनबाट मनग्य आम्दानी हुँदैन भनेर ?

ललितपुर। दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ । बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि ग्यालेक्सी मौरीपालन […]

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा […]

बन्ने हैन कृषि उद्यमी, सरकारले दिदैंछ प्रतिव्यक्ति १० लाख अनुदान

ललितपुर। सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने योजना सार्वजनिक गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले युवा विशेष कार्यक्रमु प्रस्ताव गरेको हो । कृषि टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम हेलो किसानमा बोल्दै कृषि तथा पशुपन्छीं  मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने […]

एक लाखलाई रोजगारी दिने सरकारको योजना, कति पाउँछन् तलब ?

ललितपुर। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले […]

लिने हैन बाख्राको खोर सुधार गर्न अनुदान

मकवानपुर। मनहरी गाउँपालिका, रजैया, मकवानपुरले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कार्यक्रम अनुसार बाख्राको खोर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम अनुसार १० माउ भन्दा कम वा बढी बाख्रा पालन गर्ने साना तथा ठुला कृषक दुवैले अनुदान लिन सक्नेछन्। कसले निवेदन दिन पाउँछन् : १८ वर्ष पुगी ५० वर्ष ननाघेका इच्छुक मनहरी गाउँपालिकाका स्थाई […]

बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान

काभ्रेपलाञ्चोक। स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो । बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय […]

लिने हैन अनुदानमा फलफूलका बिरुवा

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार […]