समाचार

बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण के हो ?

चुन र नीलोतुथो घोलेर बनाइएको घोल होलाई बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण भनिन्छ । बगैँचा, फलफूलका फार्महरूमा ढुसी जन्य जीवाणुहरू बाट बच्नका लागि बोर्डो मिश्रणको प्रयोग गरिन्छ । रोग लाग्नु अघि नै प्रयोग गरेको खण्डमा मात्र मिश्रण प्रभावाकारी हुन्छ । मुख्य प्रयोग : यसको प्रयोग ढुसीु बाट हुने रोगहरुबाट बोटविरुवा बचाउन प्रयोग गरिन्छ । डढुवा […]

विषादीरहित तरकारीखेती : उत्पादन कम आत्मसन्तुष्टि धेरै

बनियानी। “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्नुहुन्छ । बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उहाँ विषादीरहित तरकारी खेती लाग्नुभएको हो । आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उहाँले भन्नुभयो, “हेर्नुस् त, बोट कस्तो छ ?” […]

जंगली बँदेल मार्न किसानलाई अनुमति

ललितपुर। सरकारले निजी खेत तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत तथा बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई […]

गलकोटमा व्यावसायिक कागती खेती शुरु

गलकोट। बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गर्नुभएको हो । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले बताउनुभयो । बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने […]

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

कास्की। माछापुुच्छ«े गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ […]

केराको व्यवसायीक खेती गर्ने हो ? बिरुवा माग गर्नुहोस

चितवन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई चितवनले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा केराको टिस्युकल्चर बिरुवा वितरण गर्ने भएको छ । यसका लागि परियोजना कार्यान्वयन ईकाई चितवनले खेती गर्न चाहने कृषकलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र जि ९ र विलियम हाईब्रिड विरुवा माग गर्न […]

कालो धान खेतीमा किसानको आकर्षण

पाल्पा। कालो धान खेतीप्रति पाल्पाका किसानको आकर्षण बढ्दै गएको छ। परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा उक्त खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको हो। पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले दुई वर्षअघि परीक्षणका रुपमा कालो धानका विशेषता भएको ‘जी–६० ब्ल्याक राइस’ खेती गरेका थिए। स्थानीय किसान नारायण भट्टराईले काला धान बीऊको परीक्षणबाट […]

फुटबलर बाख्रापालनमा

कन्चनपुर। दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिकरुपमा बाख्रापालनमा लाग्नुभएको छ । “सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो”, गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रिकल्चर फर्म सञ्चालन गरिरहनुभएका फुटबलर चन्दले रासससित भन्नुभयो, “बुबासितको सल्लाहबमोजिम काठमाडौँमा विलासी दैनिकीलाई प्रवाह नगरी गृहनगर आएर बाख्रापालन शुरु ग¥यौँ ।” विगतमा यु–१३ […]

“एक वडा एक बाली कार्यक्रम” कार्यक्रम संचालन गर्दै खजुरा गाउँपालिका

बाँके। खजुरा गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत एक वडा एक बाली कार्यक्रम कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी १५ दिन भित्र कृषि फर्म, कृषि सहकारी, कृषि कम्पनी र कृषकलाई व्यवसायीक योजना र आवश्यक कागजात सहित कृषि विकास शाखामा पेश गर्न आव्हान गरेको छ । […]

उखु किसानद्वरा तेस्रो चरणको आन्दोलनको घोषणा

सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले माघ ८ गते भित्र उखु मिलहरुबाट पाउनु पर्ने र अनुदान रकम भुक्तान गराउने सहमति गरेकोमा सो अनुसार गराउन नसकेकाले आफुहरु […]