बाँके। खजुरा गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत एक वडा एक बाली कार्यक्रम कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी १५ दिन भित्र कृषि फर्म, कृषि सहकारी, कृषि कम्पनी र कृषकलाई व्यवसायीक योजना र आवश्यक कागजात सहित कृषि विकास शाखामा पेश गर्न आव्हान गरेको छ ।

वडामा तोकिएको बाली :
१. वडा नं १ मा बेसार, लसुन
२. वडा नं २ मा टमाटर
३. वडा नं ३ मा फलफूल ,तरकारी
४. वडा नं ४ मा च्याउ
५. वडा नं ५ मा खाद्यान्न (धान, गहुँ, मकै )
६. वडा नं ६ मा खाद्यान्न (धान, गहुँ, मकै )
७. वडा नं ७ मा व्याज, लसुन
८. वडा नं ८ मा जरे बाली (आलु, गाँजर आदि )

सूचना हेर्नुहोस :