समाचार

भाडाको जग्गामा व्यावसायिक तरकारी खेती

गलकोट। म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैँडा निवासी सरु बस्नेत आठ वर्षदेखि बागलुङमा छिन् । परिवारसहित बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि आठ वर्ष नै भयो । एउटी महिला, म्याग्दीदेखि बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, सरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए । घर छाडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट […]

व्यवसायिक माछापालन कसरी गर्ने ?

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्। नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा […]

जलवायु परिवर्तनमा कृषि-वनको भूमिका

जलवायु परिवर्तन आजको विश्वको एक ज्वलन्त मुद्दा हो। जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तर पछिल्ला बर्षहरुमा बर्षाको स्थितिमा फेरबदल, तापमानमा भिन्नता, समुन्द्री सतहमा वृद्धि तथा अन्य फेरबदलले जलवायु परिवर्तनको प्रक्रिया चिन्ताको बिषय बन्न पुगेको छ। जलवायु परिवर्तनको गम्भीर असरहरु कृषि, वन तथा मत्स्यपालनमा समेत देखिन थालेको छ। तसर्थ, जलवायु परिवर्तनका असरहरुलाई कम गर्न विभिन्न प्रविधिको […]

भारतीय फूलको आयात रोक्न माग

ललितपुर। पुष्प व्यवसायीहरुले भारतीय फूल तथा फूलजन्य वस्तुको आयात रोक्न गर्न माग गरेका छन्। कोभिड–१९ महामारीका कारण नेपाली पुष्प व्यवसायमा परेको प्रभाव न्यूनीकरण गर्न तथा स्थानीय फूलको प्रवर्द्धन गर्न भारतबाट हुने फूलको आयात रोक्नुपर्ने व्यवसायीको माग छ। ‘‘कोरोना भाइरसको कारण नेपाली पुष्प व्यवसायमा परेको असरलाई हालको अवस्थामा स्थानीय पुष्प उत्पादन र उत्पादकलाई संरक्षण गर्न यस […]

सिताके च्याउ खेती

सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान […]

फुजी स्याउ उत्पादनमा रमाउँदै जुम्लाका किसान

सुर्खेत। यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा […]

शिक्षण पेशा छाडेर कागती खेती

चितवन। पूर्बी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी वोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गर्नुभएको हो । अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक विगाह १० कठ्ठामा कागति खेती गर्नु भएको हो […]

फिसिङ एड्भेन्चरका लागि !

नेपाली यस अर्थमा पनि भाग्यमानी छौं कि नेपाल संसारकै दोश्रो धनी जलस्रोत भएको देश हो । यहाँ अनगिन्ती खोला, नदी, ताल तथा पोखरी छन् । त्यसैले फिसिङ एड्भेन्चर लाई सही ढङ्गले व्यवस्थापन र उद्योेगको रुपमा बिकास गर्न सकियो भने देशको अर्थतन्त्रमा थप टेवा पुग्ने कुरामा कुनै शंका छैन । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका […]

किसानलाई कृषि मेशिन वितरण

हेटौंडा। कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान […]

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजार

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए । उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग […]