ललितपुर। नेपाल कृषि विद्यार्थी संगठनले अनलाईन मार्फत भिडियो, फोटो तथा नारा लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । सहभागिता जनाउन सहभागिले कृषि संग सम्बन्धीत नारा फोटो वा भिडियो आफ्नो नाम, शिर्षक, फेसबुक प्रोफाईल लिङ्क ईमेल मार्फत पठाउन सक्ने छन् । सहभागिता जनाउन अनिवार्य रुपमा नेपाल कृषि विद्यार्थी संगठनको फेसबुक पेज लाईक गर्नु पर्ने प्रावधान राखिएको छ । भिडियो पठाउने सहभागिले अनिवार्य रुपमा ३ मिनेटको भिडियो, आवाज स्पष्ट तथा आफु देखिने गरी पठाउनु पर्ने छ । उत्कृष्ट सहभागिले नासाको सदस्यताका साथै सर्टिफिकेट प्राप्त गर्ने छन् ।

थप जानकारीका लागि :