
कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५ सय घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको छ ।
परम्परागत कृषि प्रणालीलाई त्याग्दै कृषिको आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न विभिन्न नौ जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला ९मिनुअर्ली र चालिसे०, सिमी, पालुङ्गो, धनीया, काउली, बन्दा र केराउको बिउ अनुदानमा उपलब्ध गराएको हो ।
यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमिनमा उत्पादन हुनसक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो ।
गाँउपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायतका बिरुवा पनि वितरण गर्दै आएको छ ।