समाचार

ट्रेन्च प्रविधिबाट उखुखेती गर्ने किसानलाई अनुदान

सर्लाही। जिल्लाको गोडैता नगरपालिका–५ स्थित महालक्ष्मी चिनी उद्योगले ट्रेन्च प्रविधिबाट उखु खेती गर्न किसानलाई अनुदान दिने भएको छ । गोडैताका उखु उत्पादक किसानका लागि उद्योगले प्रतिबिघा रु चार हजार मूल्य बराबरको अनुदान दिने भएको हो । आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालनमा आएको सो उद्योगले ट्रेन्च प्रविधिबाट उखुखेती गर्न यहाँका किसानलाई प्रतिबिघा रु चार हजार अनुदानका […]

किसानले पाएनन् अनुदान रकम

गलकोट। किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिकगत ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेको छ । अनुदान पाए पनि कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गत आर्थिक वर्षमा रु १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए […]

दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया सुरु

जाजरकोट । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो । उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ । […]

किसानको माग अनुसार गहुँको बीउ छैन

मकवानपुर। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको माग अनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई माग अनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कार्यालयका अनुसार चालु आव ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको […]

कृषि मन्त्रालयको सचिवमा कार्की नियुक्त

ललितपुर। डा. योगेन्द्रकुमार कार्की नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आज बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्य दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिव गोकर्ण दवाडी र इन्जिनियर सुरेश चालिसेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

माछा पोखरी निर्माणमा ५० प्रतिशत अनुदान दिंदैं गाउँपालिका

पर्वत। पैयूँ गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले एक सूचना प्रकाशित गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषि समूह, पशुपन्छीं फार्म, कृषि सहकारी एवं संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन […]

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

गण्डकी । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका उपसभामुखसमेत रहेकी सिर्जना शर्माले मङ्गलबार एक कार्यक्रमका बीच विकास योजनाका […]

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको […]

डिएपी पाइयो, युरिया अझै अभाव

सिरहा। डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको […]

अनुदानमा च्याउको बीउ

सप्तरी। पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण सुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए । नगरपालिकाको […]