ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारसंगैं हेरफेर पनि गरेका छन् ।
भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
प्रधानमन्त्री ओलीले आज टोपवहादुर रायमाझी उर्जा, मणी थापा खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम मन्त्रालय, दावा लामालाई युवा तथा खेलकुद, जुली कुमारी महतो महिला बालबालिका र विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री को जिम्मेवारी दिइएको छ ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । यसअघिका महिला बालबालिका मन्त्री लिलानाथ श्रेष्ठ कानुन र कानुमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।