समाचार

उन्नतजातको मकैको बीउ अभाव

चितवन।  मकै लगाउने मौसममा बीउको अभाव भएको छ । हरियो घोगा र कुखुराको दानाका लागि उत्पादनको समयमै मकै बिक्री भएपछि बीउ अभाव भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमराज अर्यालका अनुसार बीउका लागि उत्पादन गरिने मकैका उत्पादन गर्न अपनाउनु पर्ने प्रक्रिया कृषकले झन्झटिलो मान्न थालेकाले बीउको अभाव भएको हो । उनका अनुसार […]

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक […]

चिउरी कटानले मह उत्पादनमा कमी

जाजरकोट। वर्सेनि वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो । जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा […]

सुर्खेतमा पनि देखियो बर्डफ्लु

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन। यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका पछींमा बर्डफ्लु देखिएको थियो । विभागले बर्डफ्लु रोग […]

५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर

लमजुङ। पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो । नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री […]

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर। कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ । तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी रु एक करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ । आव २०७४/७५ मा […]

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

काभ्रे। पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालेनन् । उनले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छरे । “करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भने। यस वर्ष काउली र गोलभेँडामा […]

तोरी उत्पादनमा वृद्धि

चितवन। जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका […]

उदयपुरमा व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि

उदयपुर। उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, […]

नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदै

चितवन। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो । “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, उहाँले भन्नुभयो, “किसानको […]