समाचार

कृषि ज्ञान केन्द्रद्वारा कृषक समूहलाई पावर टिलर हस्तान्तरण

टीकापुर। कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ । सुदूरपश्चिम […]

कृषिमा यान्त्रीकरण : लागत र समयको बचत, उत्पादन वृद्धि

तनहुँ। कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत […]

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

वाग्मती।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनकारूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सो सिफारिस गरेको जनाइएको छ । बैठकले विगत […]

चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी

रसुवा। चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ […]

खोपले काम गरेन, भटाभट मरे कुखुरा

इलाम। पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी […]

प्रोत्साहन अभियानले बाँझो जग्गा खेतीयोग्य बन्दै

वालिङ। स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो जग्गा खेतीयोग्य बन्दै गएको छ । गाउँपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएपछि लामो समयदेखि बाँझो रहेका जग्गामा पुनः खेतीपाती शुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। गाउँपालिकाभित्र दुई वर्षदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा […]

भारतीय सेनाको जागिरबाट अवकासपछि व्यावसायिक कृषिमा रमाउदैँ पोखरेल

झिमरुक। झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो । नेपालमै केही गर्ने मनसायले व्यवसायमा जोडिएको उहाँँको भनाइ छ । प्रिसा पशुपक्षी तथा कृषि फार्ममार्फत […]

पाँच वर्षअघि उपभोग मिति समाप्त भएको दाल बिक्री

मोरङ। उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ […]

माटोको डिजिटल नक्सा तयार

ललितपुर। नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको (बुधबार) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको उद्घाटन गरेका […]

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

चितवन। भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल केन्द्रीय मह व्यवसायी संघले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका […]