समाचार

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट। जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए। यो आर्थिक वर्षमा स्थानीयवासीले […]

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा […]

घाँस बेचेर मनग्य आम्दानी गर्दै “घाँसी बा”

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–ं १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आउनुभएको छ । खनाल नामसँगै दाम कमाउँन थालेपछि यतिखेर उहाँ घाँसी नामले परिचित हुनुहुन्छ । भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु(याएको थियो । उनी तनहुँकै थिए । ‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै […]

कोदोको उत्पादन घट्दैः माग बढ्दै

दमौली। पहाडी ग्रामीण भेगमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण भेगका लागि समेत दुर्लभ बन्दै गएको हो । कोदो फल्ने बारी अहिले बाँझो बारीमा परिणत हुँदै गइरहेको छ । म्याग्दे गाउँपालिका–१ बाख्रे निवासी गोमा न्यौपानेले […]

भेरी नगरपालिकामा बर्ड फ्लु, ७ सय कुखुरा नष्ट

जाजरकोट। जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए । योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक […]

वर्षा नहुँदा मकैखेती गर्न समस्या

उदयपुर। यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती सुरु गर्ने भए पनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित […]

कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि : फलफूल र नगदेबालीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी

पशुपतिनगर। विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गर्नुभएको छ । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिनुभएको छ । विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर […]

किसान लगत संकलन : कृषि विकासका लागि कोसेढुङ्गा

ललितपुर। नेपालमा कति किसान छन् भन्ने विषयमा फरक–फरक धारणा सार्वजनिक हुने गरेको छ। जिल्ला कृषि ज्ञान केन्द्र र राष्ट्रिय जनगणनाले दिएको विवरणलाई आधार मानेर तथ्याङ्क सार्वजानिक गर्ने गरिन्छ। त्यो विवरण वर्षेनि परिवर्तन हुने भए पनि अद्यावधिक हुँदैन।प्राप्त विवरणअनुसार हाल नेपालमा ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध छन् भनिएको छ। उनीहरु आंशिक अथवा पूर्णरुपमा कृषि पेशामा […]

८५ प्रतिशत सहुलियत अनुदानमा ओखरका बिरूवा वितरण गरिने

हुम्ला। कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको फलफूल विकास प्रबद्र्धन कार्यक्रमअन्तर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका बिरूवा उपलब्ध गराइने भएको छ । सोका लागि किसानले १५ प्रतिशत रकम अग्रिम जम्मा गरिसकेका छन् । कर्णाली प्रदेश सरकारले प्रतिबोट रु ५०९ मूल्य तय गरेको छ । […]

सामुहिक लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

खोटाङ। खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् । पाँच जनाको पाँच/पाँच लाखको शेयर लगानीमा […]