समाचार

बिकेन खाद्यको चामल

जाजरकोट। बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य […]

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

भरतपुर। पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । […]

किसानको श्रमको मूल्य उठ्नेगरी मूल्य निर्धारण गरिनुपर्छः मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले […]

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

टीकापुर। कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३ सयभन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ । हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नम्बर ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका […]

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो । […]

रैथाने जातका बीउ खोज्दै कृषक

डडेल्धुरा। बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन्। पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन्। चैत महिनासम्म पनि […]

गोलभेँडाको उत्पादनमा वृद्धि : किसानले पाएनन् उचित मूल्य

सर्लाही। जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले […]

अदुवा बिक्री नहुँदा तनहुँका कृषक चिन्तामा

तनहुँ। मूल्य नपाउँदा तनहुँका कृषकहरुको अदुवा बारीमै रहेको छ । बिक्री गरेर यतिबेला नगद गोजीमा राख्नु पर्ने समय सम्म ग्राहक नआएपछि कृषक चिन्तामा परेका छन् । यहाँ उत्पादित अदुवाको मूख्य बजार भारत भएको र व्यापारीहरु खरीद गर्न नआएकोले बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । भिमाद नगरपालिका–४ का तुलबहादुर थापाले गतवर्ष भन्दा आधा सस्तोमा […]

अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता तिर्‍यो

सर्लाही। वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो । माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ […]

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ। मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’कोे विषयमा छलफल गरिएको थियो। इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो। उक्त […]