समाचार

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा […]

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट। हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित […]

‘सेमी हाइटेक’ प्रविधितर्फ किसान आकर्षित

गलेश्वर। म्याग्दीका किसानले रैथाने प्रविधिको प्रयोग गरी परम्परागतरुपमा गर्दै आएको तरकारी खेतीलाई आधुनिकीकरण गरी ‘सेमी हाइटेक’ प्रविधितर्फ आकर्षित भएका छन् । यो प्रविधिको प्रयोग गरी तरकारीखेती गर्न थालेपछि साविकको भन्दा चारगुणा बढी आम्दानी हुन थालेको कृषकले बताएका छन् । म्याग्दीका चन्द्रबहादुर घिमिरे, हरिलाल घिमिरे, सोभित शर्मा, चन्द्रबहादुर कार्की, श्याम सापकोटा, धु्रव थापालगायत कृषकले सेमी हाइटेक […]

बधशालामा भैँसी र पाडापाडीको अभाव

चितवन। जिल्लामा रहेको पशु बधशालामा बध गर्ने पशुको अभाव देखिन थालेको छ । पूर्वी चितवनको खैरहनीमा स्थानीय व्यवसायी मिलेर पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएपछि बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउने गरिएको छ । बधशालाका अध्यक्ष मनोज खड्गी जिल्लामा मात्रै नभएर बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउँदासमेत मागअनुसारको पु¥याउन नसकेको […]

सरकारको लगानीमा पाउडर दूध प्लान्ट निर्माण शुरु

वाग्मती। वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । प्रदेश सरकारको रु. ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो । प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले […]

विदेशबाट फर्केका युवा लागे व्यावसायिक केरा खेतीमा

मोरङ। मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नंग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १० जना युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती गरेका छन् । […]

बारी छैन : कौसी छँदैछ !

दमौली। तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ । दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना […]

अमेरिकी फौजीकीराद्वारा मकैबाली नष्ट : किसान चिन्तित, छैन प्राविधिक सहयोग

चितवन। जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ। रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो। कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो। उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ। जिल्लामा १४ […]

वर्णशङ्कर मकैको बीउ उत्पादनसम्बन्धी तालीम

चितवन। किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर […]

लक्षित वर्गलाई कुखुराका चल्ला वितरण

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्वारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ । सोही वडाका ३१ […]