समाचार

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

ढोरपाटन। फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान […]

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

भोजपुर। भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा  परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ । खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर […]

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

म्याग्दी। मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट […]

मलाह समुदायको पेसा सङ्कटमा

इनरुवा। माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन  थालेपछि छाडेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो । ती समुदायका मानिसहरु सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए । सुनसरी कोसी–३ का गुलाबी […]

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो

ढोरपाटन। नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ […]

किसान भन्छन् –‘खसीबोकाको मूल्य नै पाइएन’

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा  बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताउनुभयो । “दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन”, उहाँले भन्नुभयो, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उहाँले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ […]

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

ललितपुर। खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ […]

आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ। आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक […]

च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका

गलकोट। रू. पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू. दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात […]

अछामको कोदो कञ्चनपुरको सिमटारी चामल लोकप्रिय बन्दै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले कोदोको पिठो र रैथाने जातको सिमटारी धानको चामल ‘प्याकेजिङ’ गरी बजारमा बिक्री वितरण गर्न सुरुआत गरेको छ । सो सहकारीले कोदो अछामबाट खरिद गरेर आफ्नै प्रशोधन उद्योगमा पिठो बनाइ बेच्न सुरु गरेको हो । यसैगरी सहकारीले आफँैले उत्पादन गरेको रैथाने जातको सिमटारी धानको चामल पनि बिक्री […]