समाचार

आज नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै

ललितपुर। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी शुक्रवार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी […]

कालीगण्डकी गाउँपालिकाले गरेको ड्रागन फ्रुट खेती

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए । “सिँचाइका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका हौँ” अध्यक्ष थापाले भने, […]

आकाशियो तरकारीको भाउ

टीकापुर। कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो । कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । “यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार […]

मकैको घोगामा लागेन दाना : किसान चिन्तित

जाजरकोट। मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् । भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन । दाना नलाग्दा २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् […]

जुम्ली काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा

खलङ्गा। परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु […]

मनसुनी वायु प्रभाव : देशको केही स्थानमा भारी वर्षाको सम्भावना

ललितपुर। मनसुनी वायुका कारण बुधवार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताए । अबको दुई–तीन दिनसम्म […]

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी। वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो । सामुदायिक […]

धादिङमा चर्छन् चितवनका मौरी

धादिङ। वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ । चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै […]

प्रदेश नं १ मा रासायनिक मलको अभाव छैन

विराटनगर। प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपाईं सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार पाँच सय ६ मेट्रिक टन, डिएपी ६ सय ४६ मेट्रिक टन […]

वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो

दैलेख। नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो । असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल […]