समाचार

आँप उत्पादन घट्यो, फलेको आँप बाहिर पठाउन नसक्दा किसान मारमा

लहान। आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ५ दशमलव ५ मेट्रिक टन दरले यसवर्ष ३३ हजार मेट्रिक […]

गाउँपालिकाले एक कृषक एक दुहुनो गाई/भैंसी अनुदान दिने

गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाईरभैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा ‘एक कृषक एक दुहुनो गाईरभैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ । दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ […]

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

झापा। शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा […]

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा

भजनी। यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ । बर्सातको समयमा […]

कोरोना महामारीले लाखौँको तरकारी नष्ट

भक्तपुर। कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनुपरेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी […]

व्यावसायिक कफी खेतीतर्फ युवा पुस्ताको आकर्षण बढ्दै

ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ । कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले विस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो । पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिकरूपमै खेती शुरु गरेका हुन् । हाल आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ र वडा […]

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ। तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ । बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहेको छ । सापकोटाले गाउँमा पहिलोपटक […]

निजी क्षेत्रको साझेदारीले कसरी कृषिको व्यवसायीकरण भएको छ बंगलादेशबाट सिकौं

बंगलादेशको मुख्य खाद्यान्न बाली धान हो । धान बंगलादेशको तटीय दक्षिणी क्षेत्रहरुमा फस्टाउँदो बाली हो । चक्रवात र बाढीले बंगलादेशको दक्षिणी भागमा ठूलो विपत्ति ल्याउने क्रममा धेरै किसानहरु बैकल्पिक आम्दानीको खोजिमा ढाकाजस्ता ठूला शहरहरूमा बसाइँ सर्ने गर्छन्। विश्व बैंकका अनुसार करिब १० करोड बंगलादेशीहरु हाल विदेशमा काम गरिरहेका छन्। यसको प्रभाव कृषि क्षेत्रमा प्रत्यक्ष रुपमा […]

किसानलाई निःशुल्क जडीबुटीको बिरुवा

दाङ । डिभिजन वन कार्यालय दाङले किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र त्यसलाई हुर्काउनेलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा तीन रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ । यो वर्ष किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । दाङ सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत जडीबुटीको व्यावसायिक खेतीको सम्भावना […]

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

ललितपुर। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ, मौसमविद् कँडेलले भने, त्यसैले केही […]