समाचार

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो । सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे […]

निषेधाज्ञाबाट चितवनमा ११ करोडको दूध नोक्सान

भरतपुर। कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले दूग्ध किसान मारमा परेको […]

कौसी खेतीमा रमाउँदै गृहिणीहरु

चितवन। भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् । बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउछन् […]

बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास

पाल्पा। पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् । कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिक रहेका […]

भूमिसम्बन्धी लगत सङ्कलन कार्य पूरा

कर्णाली। भूमिसम्बन्धी समस्या समाधान आयोग, सुर्खेतले भूमिसम्बन्धी लगत सङ्कलन कार्य सम्पन्न गरेको छ । जिल्ला नौ वटा स्थानीय तहमा गरिएको लगत सङ्कलनअन्तर्गत ४८ हजार ५३७ वटा आवेदन परेका छन् । आयोगको जिल्ला सचिवालयका अनुसार अव्यवस्थित वसोवास, भूमिहीन दलित र सुकुम्बासीहरूको लगत सङ्कलन गरिएको हो । अव्यवस्थित वसोवाससम्बन्धी ४२ हजार ५४३ तथा भूमिहीन दलित र सुकुम्बासीका […]

बाँदर भुलाउन जङ्गलमा फलफूल खेती

तनहुँ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका […]

नमूना गाउँका कृषकलाई घाँसका बिरुवा

दमौली। मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका–२ स्थित देउराली, दुम्कोट, घुर्लीछाप, घ्याछापका कृषकलाई घाँसका बिरुवा, औषधि, झोलमलका लागि ड्रम र जोख्ने मेशिन वितरण गरिएको हो । गण्डकी प्रदेशको भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयमार्फत गत फागुनदेखि उक्त चार गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँको कार्यक्रम सञ्चालित छ । यस […]

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

गण्डकी। पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्भित बन्नुभयो । साढे दुई […]

मुलुकका अधिकांश स्थानमा भीषण वर्षाको सम्भावना : सतर्क रहन आग्रह

ललितपुर। मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु र दक्षिणी भू भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण शनिवार देशका अधिकांश भुभागमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार […]

आगामी आर्थिक वर्षलाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउँदैं कोञ्ज्योसोम गाउँपालिका

ललितपुर। दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ । ‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासन्युक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै बिहीबार अध्यक्ष गोपीलाल सिङ्तानले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई […]