समाचार

धान डुब्यो, गहुँ लाउने आश म¥यो

महोत्तरी। दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली […]

बेमौसमी बर्षाले चितवनमा ३० प्रतिशत धानबालीमा क्षति

चितवन। धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी […]

ड्रागन फ्रुटको व्यावसायिक खेती

बाग्लुङ। पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । […]

चीनबाट रासायनिक मल आउन सुरु

चौतारा। कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच […]

कोरियाबाट फर्केर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन

गलकोट। विसं २०४२ मा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाइँ सर्नुभएका ४८ वर्षीय वीरेन्द्रकुमार पुन रोजगारीका लागि कोरिया जानुभयो । केही वर्ष कोरिया बिताएर नेपाल फिरे पनि पुनः २०६० सालमा कोरिया नै जानुभयो । त्यसपछि श्रीमती सादगी केसी थापाले बागलुङ बजारमा फेन्सी पसल सञ्चालन गर्नुभयो । तेह्र वर्षको कोरिया बसाइ सकेर बागलुङ बजार फर्कनुभएका पुन र […]

किसानहरुलाई राहत र क्षतिपुर्ति दिलाउन सरकारसँग प्रचण्डको माग

ललितपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षाका कारण बढि मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै अध्यक्ष दाहालले यस्तो माग गरेका हुन् । उनले बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान […]

सहकारीमार्फत ४ करोड ३९ लाखको खसीबोका विक्री

तनहुँ। दशैंमा तनहुँका सहकारीमार्फत करीब साढे ४ करोड रुपैयाँ बराबरका खसीबोका विक्री भएका छन् । महिलाले सञ्चालन गरेका सहकारीमार्फत दशैंमा मात्रै ४ करोड ३९ लाख ३४ हजार रुपैयाँको खसीबोका विक्री भएका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका विक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका […]

स्याउलाई शीतभण्डारको अभाव

डोल्पा। डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक मारमा परेका छन् । जति मेहनत गरी उत्पादन गरे पनि स्याउबाट उचित आम्दानी लिन नसकिएको गुनासो उनीहरूको छ । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने […]

‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’

झापा। तीन दिनदेखि लगातार परेको वर्षाका कारण झापामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिए । उनका अनुसार जिल्लामा ८७ हजार […]

अविरल वर्षाले धानबालीमा ठूलो क्षति

दाङ। आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशैंअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेंलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दशैं टीका लगाएर किसान धान काट्न शुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, […]