समाचार

यस वर्ष तिहारमा ५० हजार सयपत्री फूलको माला आयात हुँदै

ललितपुर। स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको […]

म्याग्दीमा कालिजपालनको लहर

म्याग्दी। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ । केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा) को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा […]

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

भक्तपुर। चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन दिएको छ । फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पु¥याएको, खोलादेखि […]

व्यावसायिक मस्याङ खेती

खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका किसानले व्यावसायिक रुपमा गरेको मस्याङखेतीको तस्वीर हो । दालको रुपमा प्रयोग गरिने मस्याङ स्थानीय हाटबजारमा बढि खपत हुने गर्दछ । लामीडाँडा विमानस्थलबाट बाहिरी जिल्लामा पनि निर्यात गरिन्छ । तस्बिर : केदार मगर/ रासस

फेरी बदली तथा वर्षाको सम्भावना

ललितपुर। हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली […]

आयोजना इकाईको साझेदारीबाट किसान उत्साही

स्याङ्जा। वालिङका किसानहरु विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि उत्साही भएका छन् । किसानहरुले सार्वजनिक सुनुवाई मार्फत इकाईको साझेदारीबाट थप उत्साही बनाएको बताएका हुन् । वालिङ ८ बगालथोक गेदिखोलाको नवदुर्गा दुग्ध उत्पादक समूहका किसानहरुले नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना एवम् विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले […]

किसानका पीडा : के खाएर बाँच्ने होला ?

भजनी। जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उनले धान कटाए पनि भित्र्याउन भने पाएनन् । “गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उनले […]

धान डुब्यो, गहुँ लाउने आश म¥यो

महोत्तरी। दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली […]

बेमौसमी बर्षाले चितवनमा ३० प्रतिशत धानबालीमा क्षति

चितवन। धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी […]

ड्रागन फ्रुटको व्यावसायिक खेती

बाग्लुङ। पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । […]