तिहारमा आवश्यक मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन
गण्डकी। अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प […]





