
ललितपुर। पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ललितपुरको जाउलाखेल खेल मैदानमा सञ्चालन हुने मेला १५ गतेसम्म चल्नेछ ।
प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिने एशोसिएसनले जनाएको छ ।
प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्रि, वितरण हुने छ । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनी हुने छ ।
मेलामा करीब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हारीहारी पुग्ने अनुमान गरिएको एशोसिएसनले जनाएको छ ।
मेलामा गोदावरी फूल उत्पादक किसानलाई विभिन्न विद्यामा प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । मेला प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।