समाचार

फ्लोरिकल्चर एशोसिएसन नेपालको ‘३४ औं वार्षिक साधारण सभा’ सम्पन्न

काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को ‘३४ औं वार्षिक साधारण सभा’  सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रहेका थिए । कार्यक्रममा  एशोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठको सभापतित्व रहेको थियो, भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेश लाल श्रेष्ठ, राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी […]

साना किसानको सम्मान र अधिकारका लागि १६ वर्षदेखि राष्ट्रिय कृषक समूह महासंघको अभियान

काडमाडौं। राष्ट्रिय कृषक समूह महासंघ नेपालले आफ्नो ‘१६ औं स्थापना दिवस’ को अवशरमा साना किसानको अधिकार, सम्मान, पहुँच र आत्मनिर्भर कृषि विकासका लागि महासंघले १६ वर्षदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको जनाएको छ । महासंघका अनुसार सेवा केन्द्रित संस्थाबाट संघर्षको यात्रालाई अघि बढाउँदै वि.सं. २०६८ सालमा कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरूको छाता […]

संस्कृति र पर्वभित्र लुकेको कृषि र पोषण विज्ञान

नेपालका पर्वलाई हामीले धेरैजसो धर्म, संस्कृति, परम्परा र मनोरञ्जनको आँखाले हेर्दै आएका छौँ। तर हाम्रो पर्वको थालीलाई अलि फरक आँखाले हेर्ने हो भने त्यहाँ एउटा अर्को संसार पनि देखिन्छ—कृषिको संसार, खाद्य प्रविधिको संसार र पोषण विज्ञानको संसार। क्वाँटीमा मिसिएका गेडागुडी, माघे सङ्क्रान्तिको तिल, चाकु र कन्दमूल, आषाढ १५ को दही–चिउरा, साउन १५ को खीर, मधेशको […]

१० वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाख परिवार लाभान्वित

ललितपुर। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका हुन् । सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि […]

अण्डाको मूल्य हालसम्मकै उच्च

ललितपुर। उत्पादनमा कमी आउँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट लागू हुने गरी क्रेटमा १५ रुपैंया बढाएर अण्डको मूल्य तोकेको हो । संघका अनुसार हाल सानो अण्डाको मूल्य बाहेक सबैको भाउ महँगिएको छ । एक्सएल अण्डा प्रति क्रेट ६०५ रुपैंया पुगेको छ । ठूलो अण्डा प्रति क्रेट ५९० […]

साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई १ प्रतिशत भन्सारमा चिनी आयात गर्न दिने सरकारको निर्णय

ललितपुर।  साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ प्रतिशत भन्सारमा चिनी आयात गर्न पाउने भएका छन् । सरकारले चाडपर्वको मुखमा सुलभ दरमा चिनी उपलब्ध गराउन दुई संस्थालाई छुट भन्सार दरमा चिनी आयात गर्न दिएको हो । २ संस्थाले कुल २५ हजार टन चिनी आयात गर्नेछन् ।

दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य

चितवन। दुग्ध किसानको बक्यौता भुक्तानी र ठूलो परिमाणमा उत्पादन मौज्दातका कारण वित्तीय सङ्कटबाट गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ। किसानलाई दूध खरिदबापतको रकम नियमित रूपमा भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्दै बिक्री केन्द्र विस्तार गरेर लक्ष्य हासिल गर्ने संस्थानको योजना छ। हाल किसानबाट दैनिक […]

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ। जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा […]

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

ललितपुर। ‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो । सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । विपद्बाट प्रभावित […]

कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

ललितपुर। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सर्दा यतिबेला देशभर साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]