गाउँका सुन्तला बेचेर शहरमा घडेरी
पर्वत। यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा रु. पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका […]





