समाचार

आम्दानीको राम्रो स्रोत बन्दै बट्टाईपालन

फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहनुभएको छ । उहाँले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लाग्नुभएको हो । उहाँले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आउनुभएको छ । बजारमा प्रतिअण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि […]

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

सिमकोट। हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक […]

सुन्तलाले बजार पाएन

नवलपुर। सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी बर्दघाट–सुस्तापूर्वको पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पु¥याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पु¥याउन नसक्दा कृषकलाई […]

परनिर्भरताबाट जोगिन चामल, दाल, तेल उद्योगको संरक्षणको माग

वीरगञ्ज। खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरिएको छ । चामल, तेल, दाल दैनिक जीवनमा नभई नहुने खाद्य वस्तु भएकाले उत्पादनको कच्चापदार्थ र तयारी वस्तुको भन्सार दर दुई तह हुनुपर्ने तथा यसको सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने माग नेपाल चामल तेल, दाल, उद्योग सङ्घको छ । […]

खेतीका बेला मलको चरम अभाव : रासायनिक मलबिनै खेती लगाउँदै किसान

भजनी। कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँखेती गरेको छ । यसवर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँखेती सुरु गर्नुभएका उहाँले मल नहालेरै खेतमा गहुँ छरेको छ । “युरिया मलजति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।” उहाँले भन्नुभयो, “खेती लगाउनै प¥र्यो । खेत बाँझो […]

मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख संकट : मन्त्री यादव

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगतमा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताएका छन् । नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा खरिद ऐन पुरानै रहँदा सोले पनि केहि असर गरिरहेको बताए। उनले भने, “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा […]

सिरिजङ्घामा निःशुल्क माटो परीक्षण

ताप्लेजुङ। माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी सुहाउँदोखेती […]

बन्दिपुरलाई मासु र दूधको ‘हब’ बनाउने तयारी

तनहुँ। बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ । पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ । छलिमाया श्रेष्ठले करीब रू। एक करोड मूल्य बराबरको […]

माछामा आत्मनिर्भर हुँदै दाङ

देउखुरी। दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ । व्यावसायिकरूपमै माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ । घोराही उपहानगरपालिका–५ धर्नालाई माछापालनको पकेट क्षेत्र घोषणा […]

हुम्लामा हेलिकप्टरबाट ७८ क्विन्टल खाद्यान्न ढुवानी

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकप्टरमा सिमकोट र […]