२२६ खानेपानी आयोजनाको निर्माण कार्य सुरु
तनहुँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर जिल्लामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ । ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिएको हो । नागरिकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो कार्यालयले जनाएको छ […]





