समाचार

मौसममा क्रमिक सुधार हुँदै

ललितपुर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो […]

म्याग्दीमा धान उत्पादन घट्यो

म्याग्दी। म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । गत वर्ष तीन हजार ८९० […]

बङ्गुरपालनबाट मनग्य कमाउँदै

तनहुँ। व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु. १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु. २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएका आलले मासु र […]

पाँच महिनामा चौध करोड बराबरको नुन बिक्री

वीरगन्ज। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ । कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय […]

चितवन राष्ट्रिय निकुञ्जमा ६३ बन्यजन्तु मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको […]

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

ललितपुर। पश्चिमी वायुको प्रभावले आज (बुधबार) देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश […]

कर्णालीका जिल्लामा हिउँ परेपछि किसान हर्षित

मुगु। साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । […]

मजदुरी छाडेर व्यावसायिक तरकारी खेती

महेन्द्रनगर। आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्थे ।परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहेका उनले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ । स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर […]

व्यावसायिक कृषकलाई अनुदानमा च्यापकटर

नवलपरासी। (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँस काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालयले व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई १५ लाख बराबरको च्यापकटर अनुदानमा वितरण गरिएको वडाध्यक्ष देवीभक्त कँडेलले जानकारी दिए । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले वडा […]

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी

ललितपुर। जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो । कम्पनीका महाप्रबन्धक […]