समाचार

कोरोना मार : अनुदानमा खुलेका अधिकांश होमस्टे बन्द

म्याग्दी। गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा सीमित भएका हुन् । गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण […]

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

हेटौँडा। मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनको अनुसार यस वर्ष दुई हजार २५७ […]

स्वदेशी माछाको दानाले बजार पाएन

चितवन। यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिँठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ […]

‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

डोटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती […]

घिरिङमा एक घर एक धारा अभियान

दमौली। तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् । अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ […]

खाद्य कम्पनीद्वारा धान खरिद शुरू

कञ्चनपुर। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न शुरू गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रू. २ हजार ७५२ का दरले खरिद गर्न शुरू गरेको छ । गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले […]

अन्नबाली भित्र्याएपछि किराँत समुदायले उधौली पर्व मनाउँदै

ललितपुर। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन्। लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्तरूपमा […]

‘कृषि उत्पादन वृद्धिका लागि हरियाली मोडेल’

ललितपुर। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रालिको तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै डा श्रेष्ठले जल, जमिन र जङ्गललाई समृद्धिको आधार बनाउनुपर्ने बताए । “आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि […]

खाद्य संस्थान भन्छः ‘धान किन्छौ तर स्तरीय मात्रै’

महेन्द्रनगर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान […]

कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान

धनुषा। प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई रु. ३१ करोड अनुदान दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को बैठकले कृषि विश्वविद्यालयका लागि रु. ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि रु. ३१ करोड अनुदान […]