सरकारले कृषिमैत्री नीति ल्याउँछ : अर्थसचिव मरासिनी
चितवन। अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिबद्धता जनाएका छन् । बुधबारबाट चितवनको भरतपुरमा सुरु भएको कृषि कर्जा मेलालाई सम्बोधन गर्दै उन्ले आगामी आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र हुने बताएका हुन् । “अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको […]





