समाचार

अर्गानिक तरकारी खेतीमा आकर्षित हुँदै किसान

भोजपुर। जिल्लाका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी […]

रघुगङ्गामा सामूहिक आलु खेती विस्तार

बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं. १ बेग, वडा नं. २ भगवती, वडा नं. ५ झिँ, वडा नं. ६ पाखापानी र वडा नं. ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ । हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित […]

अभाव टार्न बोरिङबाट पानी निकालिँदै

पर्वत। हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ। अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन। गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ। त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ। शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष […]

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमूलक कार्यक्रम

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि औजार, […]

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर। भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर […]

कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

झापा। कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका–३ मा योङहाङ एग्रो […]

सहकारीमार्फत सामूहिक खेती

तनहुँ। व्यास नगरपालिका–१० का स्थानीय वासिन्दा सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन् । संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सामूहिक खेतीका कारण अति सीमान्तकृत […]

कुखुराको मासु अभाव

खोटाङ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र […]

निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

ललितपुर। मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरिररहेको जानकारी दिएको हो । स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ […]

नेपालमा कृषि कर्जा मेला हुँदैं, एशियामा पहिलो भएको आयोजकको दावी

ललितपुर। नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि […]