समाचार

सामूहिक बङ्गुरपालनमा रमाउँदै म्याग्दीका युवा

म्याग्दी। कोरोना भाइरसको महामारी फैलिएपछि सहर बजार र विदेशमा रोजगारी गुमाएर फर्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बङ्गुरपालन गरेका छन् । लेकाली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध २२ जना युवाहरुले रु ५०/५० हजार सङ्कलन गरेर मान्द्रेढुङ्गाको उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बङ्गुरपालन गरेका हुन् । एक सयवटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेस र […]

कौसी खेतीसँगै पाएको आत्मसन्तुष्टि

ललितपुर। भनिन्छ मान्छेले इच्छा जगायो भने हरेक काम पूरा गर्न सक्छ र सफलता पनि हात पार्न सक्छ । त्यसैको उदाहरण हुनुहुन्छ, हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा बसोबास गर्दै आउनुभएका ४७ वर्षीय पुरुषोत्तम अधिकारी । आजभोलि कौसी खेती अधिकांशका लागि नयाँ लाग्न सक्छ । कोभिड–१९ का कारण लकडाउन (बन्दाबन्दी) का समयमा धेरै मानिसले समयको सदुपयोग गर्न […]

युनिलिभरको ७३ टन चियापत्ती नष्ट

मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा स्थानीय प्रशासनले गत भदौ १५ […]

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

बागमती। मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन […]

कास्कीका पाँचवटै पालिकाका पशुमा पूर्ण खोप

कास्की। रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार […]

किवीले बजार पाएन

फुङ्लिङ। फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति […]

उद्योगी बन्दै पाँचखालका किसान, रासायनिकको सट्टा आफैं उत्पादन गर्दै जैविक मल

काभ्रेपलाञ्चोक। पाँचखाल क्षेत्रका किसान आफैँले उत्पाादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख भएका छन् । आलुबाट ‘चिप्स’ तथा गोलभेँडाबाट ‘सस’ बनाउने कामले उनीहरुलाई उद्यमशिलतातर्फ डो¥याउँदैछ । एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) किसान पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका किसानलाई लवग्रिन नेपाल नामक संस्थाले उद्यमीतर्फ प्रोत्साहित गरिरहेको छ । उक्त संस्थाले स्थानीय […]

चालू आर्थिक वर्षमा धान उत्पादन पाँच वर्षयताकै कम

ललितपुर। चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक […]

रासायनीक मलको माग ७५ हजार मेट्रिक टन, सरकारसँग १२ हजार मात्रै मौज्दात

ललितपुर। हिँउदे बाली लगाउने मध्ये सिजनमा सरकारले रासायनीक मल ल्याउन नसक्ने भन्दै हात उठाएको छ । वर्षेनी किसानले भोग्नुपरेको समस्या यो वर्ष पनि दोहोरिने भएको हो । कृषी तथा पशुपन्छीं विकास मन्त्रालयकले आइतबार पत्रकार सम्मेलन  गरेर मल ल्याउन सक्ने अवस्था नरहेको जानकारी दिएको छ । कृषी तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हिँउदका लागि ७५ हजार […]

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

बागलुङ। जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले […]