समाचार

कृषि गणक र सुपरिवेक्षक खटिँदै

रुकुम(पूर्व)। रुकुम(पूर्व)मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ । तालिम रुकुमकोटमा जारी छ । […]

सामुदायिक वनमा फलफूल खेती

बलेवा। हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो । बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले […]

आँपमा मधुवाले सताउँदा किसान हैरान

महोत्तरी। पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर मञ्जरी,फूलले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग पर्नुभएका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा आँपको मज्जरमा लाग्ने रोग का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै […]

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

महेन्द्रनगर। बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो। जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढी विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ। कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका घरमा बाख्रापालन गरिन्छ। आठ दशकभन्दा पुरानो […]

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा। काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ” सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि […]

असिनाले खेतीबाली नष्ट

म्याग्दी। जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको […]

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

चितवन। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको […]

बागलुङमा बस्तीपिच्छे सिँचाइ आयोजना

बागलुङ। वडाभर सिँचाइ सुविधा पुर्‍याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ । रु. दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताए । पक्की […]

मौरीपालक किसानलाई अनुदान

कैलाली । कैलालीको जानकी गाउँपालिका– ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् । मौरीपालन […]

सुपारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

मङ्गलबारे। इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र […]