समाचार

कृषि जैविक विविधता दिवस मनाइँदै

सुदूरपश्चिम। ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ नेपालमा वर्ष २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा मनाउन लागिएको छ । ह्रासोन्मुख अवस्थामा रहेको रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउने लक्ष्यसहित सचेतनामूलक, प्रवद्र्धनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो । नेपाल जैविक विविधतामा धनी […]

कृषि कर्ममा तल्लीन दम्पती

सुर्खेत। बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्नुहुन्छ । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या नै […]

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु. ४५ र फापरको प्रतिकेजी रु. ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा […]

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

दिपायल। डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक तह उत्तीर्ण गर्नुभएका उहाँ विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जम्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप […]

माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

ललितपुर। माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ […]

‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

फुङ्लिङ। जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले रु कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि रु कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला रु […]

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

त्रिशुली। माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार ९गाँउपालिका०को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । […]

नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

म्याग्दी। जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं. ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ […]

कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना ९पिरो खुर्सानी०, गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा […]

तीन करोडको लगानीमा कालिज फार्म

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताउनुभयो । केही […]