समाचार

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु. तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो । नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, १ नं प्रदेशका तत्कालीन […]

व्यावसायिक कृषिमा युवाको आकर्षण

ढोरपाटन। “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु. सात लाख बढी लगानी गरेको छु, ।” शिक्षक गोपीकृष्ण क्षेत्रीले भन्नुभयो । निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म […]

अध्ययनसँगै च्याउ खेती

भजनी। पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आउनुभएको छ । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उहाँलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन । […]

कृषि र पर्यटनको विकासका लागि मेला आयोजना गरिने

गण्डकी। कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं. १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना गरिने भएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिको आयोजनामा हुने मेला […]

चिराइतोको मूल्य बढेपछि किसान हर्षित

फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित हुनुभएको छ । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उहाँको योजना छ । लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्नुहुन्थो […]

बोटबाटै दुई करोडको सुन्तला बिक्री

गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू. दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा रू. ७५ लाख भित्रिएको […]

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

सहजपुर। क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु […]

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

गलेश्वर। पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्नुहुन्छ । उहाँले रु एक […]

निराश छन् भूमिहीन सुकुम्वासी परिवार

कञ्चनपुर। कृष्णपुर नगरपालिका–४ बैलकुण्डीकी काली चौधरी जग्गाको स्वामित्व नपाउँदा निकै चिन्तित हुनुहुन्छ । वर्षौदेखि बस्दै आएको जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा पाउनका लागि उहाँ जिल्ला भूमि आयोगको कार्यालयदेखि नगरपालिकासम्म पुग्नुभएको छ । “आयोगमा गएपछि नगरपालिकामा जानोस् भन्छन्” उहाँले भन्नुभयो, “नगरपालिकामा पुगे केही दिन पर्खिन भन्छन् ।” अरु ठाउँमा नापीको कार्य हुन थाले पनि आफू बस्दै […]

दिनभरि जनताको काम, साँझ बिहान बारीमा

तुलसीपुर। दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई […]