समाचार

फष्टायो सिद्राको व्यापार

बुद्धभूमि। जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउनुहुन्छ । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने […]

भैँसीपालनबाट आम्दानी

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिनुहुन्छ । आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य […]

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

तनहुँ। गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आउनुभएको छ । तर […]

धान मिलको स्तरोन्नतिले हुनसक्छ चामलमा राहत

जनकपुरधाम। नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता हो । मुख्यतः भात खाने संस्कारमा हुर्किरहेका नेपालीका लागि वार्षिक अर्बौंको चामल आयात गर्नुपर्ने अवस्थाले हाम्रो विवशता दर्साउँछ । गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु. ४७ अर्ब ५७ करोडको चामल आयात भएको सरकारको तथ्याङ्कले त्यसलाई पुष्टि गर्छ । […]

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुर। सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु. छदेखि […]

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

भजनी। कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसक्नुभएका […]

व्यावसायिक कृषिले बढ्यो आयस्तर

भोजपुर।  व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो । यहाँका किसानले व्यावसायिकरुपमा तरकारी तथा नगदेबालीको उत्पादनबाट राम्रो आम्दानी लिन थालेका हुन् । स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा थप व्यावसायिक धारणाको विकास भएको छ […]

केरा खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताउनुभयो । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले बार्षिक रु. १६ लाखदेखि रु. २० लाखसम्म आम्दानी हुने […]

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

वालिङ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू. १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू. १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो । “वडामा […]

हिमपात र वर्षाले जुम्लाका किसान हर्षित

जुम्ला। लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् । मङ्गलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरुवालाई राहत हुने भएपछि किसानहरु हर्षित भएका हुन् । आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख […]