समाचार

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

ढोरपाटन। बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । सुत्केरी […]

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

रेसुङ्गा। विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ । यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका […]

बाँके कृषि पर्यटनको गन्तव्य

नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई […]

आजको मौसम : केही भू–भागमा आंशिक बदली

ललितपुर। आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ […]

गुन्द्रुक ब्रान्डिङ गरिँदै

ललितपुर। गुगुन्द्रुक सुन्दा हेपेर बोलिए जस्तो हुन्छ । तर त्यही गुन्द्रुकको निकै उत्कृष्ट स्वाद हुन्छ । नेपालीको भान्सामा अमिलो अत्यधिक मन पराइने गरिन्छ । झोल बनाएर र अचारमा निकै स्वादिष्ठ मानिन्छ, गुन्द्रुकलाई । नेपाल कृषि प्रदान मुलुक हो । नेपालीले तरकारी खेती गर्ने गरेका छन् । सोही तरकारीको सागबाट गुन्द्रुक बनाइन्छ । हामीले मुलाको मात्र […]

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

लेखनाथ। मकै छर्न खेतबारी खनजोत गर्ने समय सुरुसँगै पोखरा–२२ लुकुमस्वारा निवासी कृष्ण पौडेललाई यतिबेला बारीमा छरेको मकै बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता छ । मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई । पोखरा–१३ आर्वाका किसान हरिकृष्ण सिग्देलेको चिन्ता पनि बाँदरबाट कसरी तरकारी तथा अन्नबाली जोगाउने […]

पैँतिस लाखको आलु निर्यात

बझाङ। सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु. ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री […]

विस्तार हुँदै चैते धानखेती

चितवन। जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । कार्यालयका सूचना अधिकारी मीनबहादुर […]

अलैँचीले उकासियो किसानको आर्थिक अवस्था

लमजुङ। कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो । अलैँचीबाट उकासिएकामध्ये एक हो हिमाली जिल्ला मनाङसँग सिमना जोडिएको लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय […]

कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन गर्दै कर्णाली सरकार

कर्णाली। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक खाद्यपदार्थ उत्पादन बढाउन सकिने बताउनुभएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधबार सुर्खेतमा आयोजित ‘कर्णालीमा प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना, त्यसको उपलब्धि एवं भावी कार्यदिशा विषयक गोष्ठी’मा उहाँले एउटै नीति बनाएर जान […]