समाचार

‘लकडाउन’ले बनायो कृषक

पथरी। ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो । लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लाग्नुभएको खगेन्द्रप्रसादलाई राम्रै […]

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण […]

खेतबारीमा गोठेमलको प्रयोग बढ्दै

गलेश्वर। अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् । खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ । किसान मलबोक्नमा […]

चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ

चौतारा। वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् । हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो । चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन् । खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै […]

अनुदान उत्पादनमा प्रेरक

गण्डकी। कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेकी छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन् । दश बाख्राबाट सुरु भएको बाख्रापालन फष्टाउने त्रक्रममा छ । उनका खोरमा हाल २४ बाख्रा छन् । गएको दसैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको […]

‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

बागमती। मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३ गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा वढी गाईरगोरु तथा वाछावाछी सो रोगवाट विरामी एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा देखापरेको लम्पी […]

दूध उत्पादनको केन्द्र बन्दै बागमती प्रदेश

चितवन। बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध सङ्कलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो । मन्त्रालयका सचिव डा.शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे […]

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । “कृषिमा […]

बाख्राको दूधबाट चीज उत्पादन

वालिङ। स्याङ्जा- भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् । गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आएका छन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा […]

बेमौसमी आलु खेती : सोचेभन्दा बढी उत्पादन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल भएकाछन् । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेकाछन् । नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेका हुन् । एउटै बोटमा दुई किलोसम्म आलु […]