समाचार

मुगुको सोरुमा खाद्यान्न सङ्कट

मुगु। मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आईन् । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन् । “घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन्, “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।” नेपाली मात्रै […]

तीन हजार गाई भैँसीलाई लम्पीस्किनविरुद्धको खोप

चितवन । चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०, रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० […]

ड्रागन खेती : बजार खोज्दै कृषक

पथरी। पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ । विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन् । ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए । नेपालमा […]

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

कञ्चनपुर। पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), नगरपालिका र मर्सिकोरको संयुक्त साझेदारीमा आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत दोदा जलाधार क्षेत्रका अति सङ्कटापन्न अवस्थामा रहेका क्षेत्रमा तटबन्धन निर्माण […]

खडेरीपछिको वर्षाले किसानलाई राहत

बलेवा। धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ । वर्षासँगै किसानले बेसी खेतमा रोपाइँ थालेका छन् भने बारीमा कोदो रोप्न सुरु भएको छ । बागलुङका उच्च पहाडी क्षेत्रमा ढिलो कोदो रोपाइँ हुने गरेको भए पनि समथर […]

घोडा किन्न अनुदान दिँदै मादी गाउँपालिका

अन्नपूर्ण। कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ । हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका […]

कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’को सङ्क्रमण

कोशी। कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए । […]

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

गलकोट। घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ । बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । “चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ […]

भैँसी पालेर सफल उद्यमी बन्दै दाङका महिला

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उनलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ । उनी मात्रै होइन, परिवारका दुई सदस्य पनि यसै पेसामा संलग्न छन् । त्यसबाहेक दुई जना स्थानीयलाई पनि उनले जागिर दिएकिछन् । “वार्षिक […]

नवलपुरमा साइलेज उद्योग सञ्चालन

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार ९साइलेज० को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार ९साइलेज० को उत्पादन सुरु गरेको हो । नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा रु. दुई […]